स्थानीयको मागलाई बेवास्ता गरेर कुनैपनि विद्युत आयोजना अघि बढाइँदैनः मन्त्री घिसिङ


काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले जलविद्युत आयोजनाहरूलाई सहज ढंगले अघि बढानउनका लागि लचकताका साथ प्रस्तुत हुन प्रभावित क्षेत्रमा जनतालाई आग्रह गरेका छन् ।

शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रभावित क्षेत्रका जनताले जलविद्युत आयोजनालाई सहज ढंगले अघि बढाउनका लागि लचक नभए त्यो महंगो पर्न जाने र विद्युत निर्यात समेत नभई मुलुकमा थप समस्या देखापर्ने समेत बताएका हुन् ।

उनले नेपालमा ५० हजार मेघावाट विद्युत उत्पादन गर्नुपर्ने भएपनि प्रभावित क्षेत्रको माग पूरा हुनसक्दा ती आयोजनाहरुलाई अघि बढाउन कठिनाई हुने गरेको समेत बताए । मन्त्री घिसिङले सरकारले प्रभावित क्षेत्रमा जनताको माग र अधिकारलाई कुण्ठित बनाएर कुनैपनि आयोजना अघि नबढाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

मन्त्री घिसिङले स्थानीय जनताको माग पूरा नहुँदा ट्रान्समिशन लाइन विस्तारको काममा पनि समस्या भइरहेको बताए ।