भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको बुद्ध एयरको जहाजका सबै यात्रु सकुशल


काठमाडाैँ । झापाको भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा बुद्ध एयरको एक विमान रन–वेबाट चिप्लिएको छ। ९एन–एमएफ कलसाइन रहेको एटीआर–७२ विमान अवतरणको क्रममा रन–वेबाट बाहिरिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमानमा चालक दलका सदस्यसहित ५१ जना यात्रु सवार थिए। घटनापछि विमानमा रहेका सबै यात्रु सकुशल रहेका छन् भने सुरक्षित रूपमा बाहिर निकालिएका छन् ।

घटनापछि केही समय विमानस्थल क्षेत्रमा सुरक्षा सतर्कता अपनाइएको थियो भने आवश्यक प्राविधिक जाँचको प्रक्रिया सुरु गरिएको बताइएको छ। हाल यात्रुहरू सुरक्षित रहेकाले मानवीय क्षति नभएको प्राधिकरणले जनाएको छ।