काठमाडाैँ । कृषि विभागले माघ १ गते मनाइने राष्ट्रिय कृषि जैविक विविधता दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाउन सबै प्रदेश र स्थानीय तहलाई अनुरोध गरेको छ।
विभागका अनुसार मन्त्रिपरिषद्को २०७९ भदौ २७ गतेको निर्णयअनुसार हरेक वर्ष माघ १ गते राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाइँदै आएको छ। यस वर्ष सो दिवस चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा ‘कृषि जैविक विविधता, हाम्रो अमूल्य सम्पदास् संरक्षण, उपयोग र प्रवर्धनमा युवा सहभागिता’ भन्ने नारासहित मनाइने भएको हो।
राष्ट्रिय कृषि जैविक विविधता दिवस समिति–नेपालका अध्यक्ष तथा कृषि विभागका महानिर्देशकको अध्यक्षतामा पुस १४ गते बसेको बैठकको निर्णयअनुसार माघ १ गतेको अवसरमा प्रदेश तथा स्थानीय तहस्तरमा कृषि जैविक विविधताको संरक्षण, उपयोग र प्रवर्धनसम्बन्धी जनचेतनामूलक, अभियानमूलक तथा अन्य समसामयिक कार्यक्रम र गतिविधि आयोजना गरी दिवस मनाउन अनुरोध गरिएको छ।
यसैगरी, स्थानीय तहअन्तर्गत शिक्षा क्षेत्र हेर्ने महाशाखा वा शाखामार्फत विद्यालयहरूलाई समेत कृषि जैविक विविधताको संरक्षण, उपयोग र प्रवर्धनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्