काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की केन्द्रिय सदस्य कुन्ती पोखरेलले आसन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
काठमाडौंँको निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि प्रधानमन्त्री र राष्ट्रपति जस्ता उच्च पदमा पुगेको भएपनि अपेक्षित विकास हुन नसेको उनको भनाइ छ । उनले उक्त क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूले स्थानीयका समस्याहरु संसदमा प्रभावकारी रूपमा उठाउन नसकेको आरोप पनि लगाइन्।
उनले यस क्षेत्रमा रहेको खानेपानी र सडकको समस्या समाधान गर्ने आफ्नो प्रमुख एजेण्डा रहेको पनि बताइन् । उनले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुनुपर्ने तथा सानो आम्दानीका लागि विदेश जान बाध्य नहुनुपर्ने नागरिकको चाहना रहेको बताउँदै आफू निर्वाचित भए सोहीअनुसार अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरिन्।
उनले महिलालाई उद्यमशीलता तालिम दिने कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै निर्वाचनमा पराजय भए पनि नागरिकसँग गरेका प्रतिवद्धता पूरा गर्दै आएको दाबी पनि गरिन् ।



प्रतिक्रिया दिनुहोस्