काठमाडाैँ । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले तोकिएको मितिमा नै निर्वाचन हुन्छ भन्नेकुरामा अझै विश्वस्त हुने अवस्था नरहेको बताएका छन्।
शनिवार वुटवलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले सो कुरा बताएका हुन् । उपाध्यक्ष पौडेलले निर्भयताका साथ निर्वाचन गराउनका लागि आवश्यक वातावरण बनाउने काममा लाग्न सरकारलाई सचेत पनि गराए ।
उनले निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातवरणमा निर्वाचन सम्पन्न गराउनका लागि गर्नुपर्ने मुख्यमुख्य कामहरुमा सरकारको ध्यान नगएको जिकीर समेत गरे ।
निर्वाचनको कामलाई सरकारले राम्रोसँग अघि बढाउनपर्ने उपाध्यक्ष पौडेलको भनाइ थियो । उपाध्यक्ष पौडेलले एमाले निर्वाचनको पक्षमा सधैं रहेको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्