कब्जामा रहेका भेनेजुयला राष्ट्रपति मडुरोको तस्बिर सार्वजनिक,तेल भण्डार कब्जा गर्ने ट्रम्पकाे घोषणा


काठमाडौँ । अमेरिकाले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोको पछिल्लो भिडियो तथा फोटो सार्वजनिक गरेको छ ।

भेनेजुयलामा सैन्य आक्रमण गरेर राष्ट्रपति मडुरोलाई नियन्त्रणमा लिएपछि अमेरिकाले उनको भिडियो तथा फुटेज सार्वजनिक गरेको हो ।

राष्ट्रपति माडुरो र उनकी पत्नी सिलीया फ्लोरेसलाई बोकेको विमान अमेरिकी सेनाको न्यूयोर्कस्थित स्टुअर्ट एयर नेसनल गार्ड बेसमा अवतरण गरेको सिएनएनले जनाएके छ ।

अमेरिकी अधिकारीहरूले मडुरोले आगामी हप्तामा म्यानहट्टन सङ्घीय अदालतमा लागुऔषध र हतियार सम्बन्धी गम्भीर आरोपहरू सामना गर्ने बताएका छन् ।

मडुरोलाई कब्जा गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाको सङ्क्रमणकालीन अवस्था अन्त्य नहुँदासम्म आफूहरूले देश चलाउने बताएका छन् ।

उनले अमेरिकाले भेनेजुएलाको विशाल तेल भण्डार कब्जा गर्ने र यसअघि नष्ट गरिएका अमेरिकी कम्पनीहरू पुनःनिर्माण गरिने छ । सुरक्षाका लागि अमेरिकी सेनाको प्रयोग गर्ने ट्रम्पको उल्लेख गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यसअघि पत्रकारहरूसँग अमेरिकाले भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जसँग काम गरिरहेको बताएका थिए । डेल्सीले मडुरोको रिहाइको माग गर्दै उनलाई देशको वैध राष्ट्रपति भएको दाबी गरेकी छन् ।

भेनेजुएलाको विपक्षी नेतृ मारिया कोरिना माचाडोले सत्ता सम्हाल्न विपक्षी उम्मेदवारलाई अघि ल्याउन आह्वान गरेकी छन् ।