काठमाडौँ । आइतबार नेपाल राष्ट्र बैंकले २५ अर्ब रूपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । राष्ट्र बैंकले एक वर्ष अवधिको नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ‘ग’ जारी गर्ने भएको हो ।
यसको ब्याजदर बोलकबोलको माध्यमबाट हुने छ भने सावाँ भुक्तानी २०८३ पुस २० गते भुक्तानी गर्ने जनाएको छ । ब्याज भुक्तानी भने अर्धवार्षिकरूपमा गर्नेछ ।
ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।



प्रतिक्रिया दिनुहोस्