काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य २ हजार १०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला २ लाख ६२ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार २ लाख ६० हजार ४०० रूपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले घटेर ४ हजार ५०० रूपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्