यही पुस २९ गतेदेखी दोस्रो चरणमा आइपिओ निष्काशन गर्दै सोलु हाईड्रोपावर


काठमाडौं । सोलु हाईड्रोपावर लिमिटेडले दोस्रो चरणमा आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि पुस २९ गतेदेखि आम सर्वसाधारणका लागि आइपिओ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले गत कात्तिक २४ गते २ अर्ब रुपैयाँबराबरको प्रतिसेयर रू। १०० अंकित दरका २ करोड कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

जसअन्तर्गत पहिलो चरणअन्तर्गत गत मंसिर ७ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि कुल ४ करोड १० लाख कित्ता आईपीओ जारी गरी बाँडफाँड सम्पन्न गरिसकेको छ ।

कम्पनीले दोस्रो चरणमा ८२ लाख कित्ता सेयर निष्काशन गर्ने भएको हो । जसमध्ये सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्टाएको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै, लगानीकर्ताले मेरो सेयरबाट समेत आवेदन दिन सक्नेछन्। यो आईपीओ निष्काशन बन्द छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते हुनेछ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।