काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न पूर्व सहमतिको लागि नेपाल राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ ।
कम्पनीको २०८२ पुस २० गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने राष्ट्र बैंकसँग स्वीकृति माग्ने निर्णय गर्ेको हो।
बैंकको तत्काल कायम रहेको साधारण सेयरको चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रूपैयाँको २ः१ को अनुपातमा ७ अर्ब ४५ करोड ८६ लाख ८३ हजार ५०० रूपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।
बैंकले ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर जारी गर्ने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्