रास्वपाले भाेलि राजनीतिक समायोजन घोषणा सभा गर्दै


काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार (भाेलि) बृहत राजनीतिक समायोजन घोषणा गर्न काठमाडौँमा विशेष सभा आयोजना गर्ने भएको छ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार राष्ट्रिय सभा गृहमा हुने यस सभामा नागरिक उन्मुक्ति पार्टीका पूर्व नेताहरू, थरूहटका थारूवान/अभियन्ता र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको राजनीतिक एकता औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

उक्त कदमले दलहरूबिचको सहकार्य बढाउने र आगामी राजनीतिक गतिविधिमा नयाँ दिशा दिने अपेक्षा गरिएको छ।