वनस्थलीमा रास्वपाकाे केन्द्रीय सचिवालय बैठक सुरू


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा आज केन्द्रीय सचिवालयको बैठक सुरू भएको छ।

बैठकमा पार्टी समायोजन प्रक्रिया र आगामी निर्वाचन सम्बन्धी विषयमा छलफल भइरहेको छ।

यो बैठक पार्टी सभापति रवि लामिछानेले जिम्मेवारी सम्हालेपछि आयोजना गरिएको पहिलो केन्द्रीय सचिवालय बैठक हो।