काठमाडाैँ । नेपाल कुचो संघको दोस्रो अधिवेशन हिजाे (शनिबार) सम्पन्न भएको छ ।
यस अधिवेशनबाट राजकुमार कार्की सर्वसम्मत रूपमा संघको अध्यक्षमा चयन भएका छन्। कार्की अघिल्लो कार्यकालमा पनि संघको अध्यक्ष थिए र यस अवधिमा संघका गतिविधिहरू प्रभावकारी रूपमा सञ्चालन भएका थिए।
वरिष्ठ उपाध्यक्षमा संजिव शाह, उपाध्यक्षमा रबिन्द्र खड्का र सुबास बोलखे चयन भएका छन्। महासचिबमा शुरेश चौधरी, सचिवमा शुशिल गौतम र राजिब रौनियार, कोषाध्यक्षमा रुष्मा खतिवडा र सहकोषाध्यक्षमा प्रदिप वाइबा नियुक्त भएका छन्।
सदस्यमा राकेश शाह, राजु शाह, बम बहादुर रुम्बा, मनोज शाह, लक्ष्मण शाह, तिर्थमान वाइबा, देबनाथ चौधरी, केशब खेतान, गीता भट्टराई, विजय खरेल, तारा भुर्तेल र शुरेस भुलान रहेका छन्।
कार्की नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य र कृषि उद्यम केन्द्रका सहसभापति समेत हुन्।



प्रतिक्रिया दिनुहोस्