आइतबार दोहोरो अंकले घट्यो नेप्से


काठमाडौं । साताको कारोबारको पहिलो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ ओटा उपसमुह मध्ये ३ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने १० ओटा उपसमुहको सेयरमूल्य घटेको छ ।

आइतबार नेप्सेमा एसवाई प्यानलको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३० करोड ६५ लाख ८५ हजार रूपैयाँ बढिको कारोबार भएको हो ।

आजको दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इन्डष्ट्रिजका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुई कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।

आज न्यादी हाइड्रोपावरका लगानीकर्ताहरूले सबैभन्दा बढी गुमाएका छन् । कम्पनीको सेयरमूल्य ४.३२ प्रतिशतले घटेको छ ।

कुल ३२३ कम्पनीको एक करोड २ लाख ७४ हजार १२६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १ करोड ७५ लाख ८७ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।