५ अर्ब रूपैयाँभन्दा बढी मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा भएको रकम लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो कोषमा रहेको ५ अर्ब १ करोड १६ लाख रूपैयाँ २०२६ जनवरी १८ देखि २०२७ जनवरी १८ सम्म ३६६ दिनको लागि लगानी गर्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थाहरूले मुद्दती निक्षेपको रूपमा लिन चाहेको रकम २०८२ पुष २२ गते राती १२ बजेभित्र ब्याजदर प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।

राष्ट्र बैंकले वाणिज्य बैंकमा ४ अर्ब ९४ लाख रूपैयाँ, विकास बैंकमा ७५ करोड १७ लाख रूपैयाँ र फाइनान्स कम्पनीमा २५ करोड ५ लाख रूपैयाँ लगानी गर्ने उल्लेख गरेको छ ।