काठमाडाैँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आग्रह गरेका छन् ।
प्रमुख दलका नेताहरूले निर्वाचन हुनेमा आशंका गरिरहेका बेला उहाँले सो निर्वाचनलाई सफल पार्न सबै पक्षलाई आह्वान गरेका हुन्।
आइतवार काठमाडौँमा आयोजित संविधान कार्यान्वयनका दश वर्ष, उपलब्धि, समस्या, चुनौति र सुझाव नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधिसभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनलाई सफल पार्नु सबै नेपालीहरूको साझा कर्तव्य भएको समेत बताए ।
उनले संविधानको आवश्यक समिक्षा गरी संशोधनका लागि इमान्दार भएर लाग्न पनि सबै राजनीतिक दलहरूको ध्यानाकर्षण गराए। अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण हुनेगरी संविधान संशोधन गर्न आवश्यक रहेको समेत बताए ।
अध्यक्ष दाहालले जेन–जी आन्दोलनले उठाएका माग र सवालमा सबै पक्षले यथेष्ट ध्यान दिनुपर्नेमा पनि जोड दिए ।



प्रतिक्रिया दिनुहोस्