काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी पुष २१ गते (भाेलि) बस्ने भएको छ। पार्टीले सोमबार दिउँसो १ बजे बैठक आयोजना गर्ने जानकारी दिएको हो।
उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ। बैठकमा समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक गतिविधि तथा आगामी कार्यक्रमबारे छलफल हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्