काठमाडाैँ । नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको गोल्यान समूहको ‘माटो’ ब्रान्डको नयाँ स्टोर ललितपुरको ठैबमा सञ्चालनमा आएको छ ।
अग्र्यानिक फलफूल र तरकारी पाइने माटो ब्राण्डले सोमवारदेखि ललितपुरको ठैबमा नयाँ स्टोर सञ्चालनमा ल्याएको हो । ‘माटो’ ले उपभोक्ताको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर रासायनिक मल तथा विषादी प्रयोग नगरिएका उत्पादनलाई मात्र विक्रीवितरण गर्ने गरेको छ ।
स्टोरको सोमवार एक कार्यक्रमका बिच अध्यक्ष पवनकुमार गोल्यानले शुभारम्भ गरे। उनले नेपाललाई अग्र्र्यानिक कृषि उपजमा आत्मनिर्भर बनाउने तथा स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको बताए ।
उनले किसानलाई स्वरोजगारमुखी बनाउँदै जग्गा बेच्नुपर्ने बाध्यता हटाउने उद्देश्यका साथ ‘माटो’ व्यवसाय सञ्चालनमा ल्याइएको बताए । उनकाअनुसार संस्थाले किसानलाई अग्र्यानिक खेतीसम्बन्धी तालिम प्रदान गर्नुका साथै उनीहरूले उत्पादन गरेका कृषि सामग्री उचित मूल्यमा खरिद समेत गर्दछ ।
उनले किसानलाई विस्थापित गर्ने नभई संरक्षण र सशक्तीकरण गर्ने लक्ष्यसहित माटोको स्थापना गरिएको बताउँदै कृषि प्रवद्र्धनका लागि विभिन्न उद्योग समूहहरूसँग सहकार्य गर्दै उत्पादित सामग्रीको बजारीकरण गरिँदै आएको समेत उल्लेख गरे ।
माटो ब्राण्डले कृषि उद्योग स्थापना तथा सञ्चालनमा महिलालाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै उनले महिला उद्यमीलाई आवश्यक कृषि उपकरण उपलब्ध गराउँदै आएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस्