काठमाडौँ । साताको कारोबारको दोस्रो दिन सेयरबजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार सेयर मापक सूचक नेप्से परिसूचक २८.७३ अंकले बढेर २६३९.३७ अंकमा पुगेको छ ।
सोमबार नेप्सेमा शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३८ करोड ६९ लाख रूपैयाँ बढिको कारोबार भएको हो ।
आजको दिन सागर डिष्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबलकार एण्ड टुरिजम र रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ।
आज १०.३० प्रतिशत स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड डिबेन्चर र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ता सबैभन्दा बढी गुमाएका छन्। यी दुई कम्पनीको सेयरमूल्य २.४९ प्रतिशतले घटेको छ ।
कुल ३३५ कम्पनीको एक करोड २४ लाख ५९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ४७ करोड ३७ लाख रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्