काठमाडाैँ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले सोमवार न्युयोर्कको एक अदालaतमा आफ्नो पहिलो उपस्थितिमा सबै अमेरिकी आरोपहरूमा आफू निर्दोष रहेको बताएका छन् ।
अदालतभित्र रहेका सञ्चारकर्मीहरूका अनुसार मादुरोले अदालतलाई भने, “म निर्दोष छु, मैले कुनै अपराध गरेको छैन ।”
उनले आफूलाई काराकासस्थित आफ्नै घरबाट अपहरण गरिएको र अझै पनि आफू भेनेजुएलाको राष्ट्रपति नै भएको बताए । उनी विरुद्धको यस मुद्दाको अर्को सुनुवाइ मार्च १७ का लागि तय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्