एमाले सचिवालय बैठक सुरू, राष्ट्रियसभा निर्वाचनका उम्मेदवार टुङ्ग्याउने तयारी


काठमाडाैँ । नेकपा (एमाले) को केन्द्रिय सचिवालय बैठक सुरू भएको छ । 

पार्टी केन्द्रिय कार्यालय च्यासलमा केही समय अघिबाट बैठक सुरू भएको हो । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आसन्न राष्ट्रियसभा निर्वाचन र प्रतिनिधि सभा निर्वाचन सम्बन्धी रणनीति तथा आगामी केन्द्रिय कमिटी बैठकको तयारीबारे छलफल हुनेछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसिरहेको बैठकमा बदलिँदो राजनीतिक समीकरणको समीक्षा गर्दै पार्टीको आन्तरिक तथा वाह्य रणनीति टुंगो लगाउने अपेक्षा गरिएको छ ।

विशेष गरी पुस २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने पार्टीको दोस्रो केन्द्रिय कमिटी बैठकका लागि प्रस्तावहरू अन्तिम रूप दिने कार्यसूचि छ ।

यसअघि सोमवार साँझ नेपाली काँग्रेस, एमाले र अन्य दलहरूबीच राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँडबारे छलफल भएको सन्दर्भमा आजको बैठकले उम्मेदवारी टुङ्गो लगाउनेछ । राष्ट्रियसभा निर्वाचन माघ ११ गते हुँदैछ ।