काठमाडाैँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एकै पटक प्रतिनिधि सभा सदस्य निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।
मंगलवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा बसेको पार्टी केन्द्रिय सचिवालय बैठकमा ओलीले यस्तो बिफ्रिङ गरेका हुन् । अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले निर्वाचनमा कसरी जाने भन्नेबारे नेतृत्वको बीचमा छलफल भइरहेको बताए ।
उनले अध्यक्ष ओलीले वाह्य रुपमा निर्वाचनको माहोल बनेको र त्यसमा तयारी गर्न नेता, कार्यकर्ताहरूलाई निर्देशन दिएको पनि बताए । उनले आगामी निर्वाचनलाई आन्दोलनकै रुपमा लिनुपर्ने बताए ।उनले अध्यक्ष ओलीले सरकारको गतिविधि र देशमा भइरहेको साम्प्रदायिक घटनाले निर्वाचन हुन्छ की हुँदैन भन्ने अन्यौलता सिर्जना गरेको बताए ।
उनले खण्ड खण्डमा निर्वाचन हुनसक्ने भन्दै त्यसबारे पनि मनोवैज्ञानिक रूपमा तयार रहन अध्यक्ष ओलीले निर्देशन दिएको बताए ।



प्रतिक्रिया दिनुहोस्