काठमाडौंँ । आयु इन्टरटेनमेन्ट लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । आइपिओ जारी गर्ने उद्देश्यले कम्पनीले विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको जनाएको छ । कम्पनी प्रालिबाट लिमिटेडमा रुपान्तरण भएपश्चात पहिलो वार्षिक साधारण सभा डाकिएको हो ।
पुस २० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी माघ १३ गते काठमाण्डौको पिंगलास्थानमा रहेको होटल बद्रिनाथमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीको आइपिओ निष्कासन गर्ने, सञ्चालक समिति पुनर्गठन गर्ने, कम्पनीको अधिकृत र जारी पूँजी वृद्धि गर्न प्रबन्धपत्र संशोधन गर्ने लगायतका विशेष प्रस्तावहरु पारित गरिनेछ । साथै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायत उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्