अमेरिकाले भेनेजुएलामा गरेको व्यवहारप्रति एमालेको आपत्ति


काठमाडाैँ । नेकपा एमालेले संयुक्त राज्य अमेरिकाले भेनेजुएलामा गरेको व्यवहारकोप्रति आपत्ति जनाएको छ ।

एमालेको मंगलबार बसेको सचिवालय बैठकले हालै अमेरिकाले भेनेजुएलामा अपनाएको व्यवहारको विरोध गर्दै संयुक्त राष्ट्रसंघको वडापत्रको उल्लंघन हुने कुनैपनि कार्य नर्गन आग्रह गरेको हो ।

एमाले उपमहासचिव लेखराज भट्टले अमेरिकाले भेनेजुएलामा अपनाएको व्यवहार अन्तर्राष्ट्रिय कानून र विश्व न्यायिक दृष्टिकोणबाट स्वीकार्य नरहेको बताए । स्थायी विश्व शान्तिको पक्षमा नेपाल रहेको उल्लेख गर्दै उनले सबै राष्ट्रहरू एउटै मूल्य र मान्यताका आधारमा अघि बढ्न एमालेले आग्रह गर्ने निर्णय गरेको जानकारी दिए ।

सबै देशको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नुपर्नेमा एमाले स्पष्ट रहेको उनले बताए । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई हालै अमेरिकाले शैन्य पक्राउ गरी अमेरिकी अदालतमा पेश गरेको छ ।

उक्त घटनाप्रति एमालले विरोध जनाएको हो । एमालेले अन्तर्राष्ट्रिय समुदायलाई विश्व व्यवस्थातर्फ फर्कन आह्वान समेत गरेको छ । 

उनले भने, “हामी सदैव स्थायी विश्व शान्तिको पक्षमा छौँ । हामी एउटा मूल्यमा चल्नुपर्छ, संयुक्त राष्ट्रसंघको वडापत्रका आधारमा चल्नुपर्छ । मुलुकको सार्वभौमिकता, अखण्डताको सम्मान गर्नुपर्छ । अमेरिकाद्वारा भेनेजुएलामा भएको व्यवहार र विश्व न्यायिक दृष्टिकोणले हेर्दा कदापी स्वीकार्य हुन सक्दैन । यस्तो घटनाको हामी विरोध गर्दछौँ । विश्व व्यवस्थातर्फ फर्कन हामी आह्वान गर्दछौँ ।”

एमालेले जनकपुर र वीरगन्जमा भएको समाजिक सदभाव खलबलाउने घटनाप्रति पनि गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । द्वन्द्व भड्काउने काम नगर्न र सामाजिक सद्भाव कायम राख्न एमालेले आग्रह गरेको छ ।