९.९३ अंकले बढ्यो नेप्से, कारोबार रकम ७ अर्ब रूपैयाँभन्दा बढी


काठमाडौँ । साताको कारोबारको तेस्रो दिन सेयरबजार बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार सेयर मापक सूचक नेप्से परिसूचक ९.९३ अंकले बढेर २६४९.३० अंकमा पुगेको छ ।

मंगलबार नेप्सेमा एसवाई प्यालनको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २४ करोड ८८ लाख रूपैयाँ बढिको कारोबार भएको हो ।

आज जीवन विकाश लघुवित्त र थ्री स्टारका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीको सेयरमूल्य क्रमश ९.९७ प्रतिशत र ९.५४ प्रतिशतले बढेको छ ।

आज रुरु जलविद्युत परियोजनाका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीको सेयरमूल्य ८.४१ प्रतिशतले घटेको छ ।

कुल ३३४ कम्पनीको एक करोड ४८ लाख ३१ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ३३ लाख रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।