काठमाडाैँ । स्याङ्जाकाे वालिङ नगरपालिका–१४ स्थित हिमासिखर सामुदायिक वन क्षेत्रको खरबारीमा आगो लगाएको आरोपमा दुई जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार गत पुस २० गते साँझ करिब ५ः३० बजे उक्त क्षेत्रमा जानाजानी आगो लगाइएको भन्ने सूचनाका आधारमा अनुसन्धान सुरू गरिएको थियो।
अनुसन्धानकै क्रममा आगो लगाउने कार्यमा संलग्न रहेको आरोपमा वालिङ नगरपालिका–१४ निवासी १९ वर्षीय आसिक कुँवर र २० वर्षीय सुदिप कुँवरलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले गत पुस २१ गते उनीहरूलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि सब–डिभिजन वन कार्यालय वालिङमा बुझाएको जनाएको छ। हाल दुवै आरोपी वडा प्रहरी कार्यालय वालिङको हिरासत कक्षमा रहेका छन्।



प्रतिक्रिया दिनुहोस्