इन्जिनियरहरूको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको ऊर्जामन्त्री घिसिङको गुनासो


काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले इन्जिनियरहरूको दरबन्दी थप गर्न अर्थ मन्त्रालयले नदिएको गुनासो गरेका छन् ।

मंगलवार ललितपुरमा इन्जिनियरहरुसँगको अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा सार्वजनिक गरेका हुन् । मन्त्री घिसिङले नेपाल विद्युत प्राधिकरणमा मात्रै २/३ सय इन्जिनियर आवश्यक भएपनि त्यसका लागि दरबन्दी थप्न गरिएको प्रस्तावमा पनि अर्थ मन्त्रालयले सहमति नदिएको बताए ।

उनले मुलुकमा इन्जिनियरहरूको धेरै डिमाण्ड रहेको समेत स्पष्ट पारे । “सरकारी संस्थानहरूमा इन्जिनियरहरूको धेरै डिमान्ड छ । हामीले इलेक्ट्रिक इन्जिनियर पु¥याउन सकेका छैनाैँ । कम्प्युटर इन्जिनियर, आइटी इन्जिनियरहरुको धेरै ठूलो डिमान्ड छ । र त्यसको दरबन्दी क्रियट गर्न खोज्दाखेरी अर्थ मन्त्रालयले दिँदैन,” उनले भने ।

मन्त्री घिसिङले सरकारले इन्जिनियरहरूको आवश्यकता पूरा गर्ने कामलाई गम्भिरतापूर्वक लिनुपर्ने पनि बताए ।