काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले राष्ट्रिय सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै पनि दलसँग गठबन्धन नहुने स्पष्ट पारेका छन्।
मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै कुनैपनि दलसँग गठबन्धन गर्नेबारे कुरा नभएको र नहुने बताएका हुन् । उनले पार्टी कामको भारत भ्रमणमा गएको दाबी गर्दै सो क्रममा भारतीय जनता पार्टीका केही नेताहरुसँग अनौपचारिक छलफल भएको पनि बताए ।
उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकताले आफूहरू नडराएको पनि जिकिर गरे । उनले आफू नेतृत्वको सरकारमा रास्वपा सभापतिलाई दुई पटक गृहमन्त्री बनाएको उल्लेख गर्दै उहाँसँग कुरा गर्न कुनै आईतवार कुर्नु नपर्ने उनको टिप्पणी छ ।
उनले आफूहरू कसैसँग नडराएको दोहोर्याउँदै आउँदो निर्वाचनमा नेकपा एक्लै जनतामाफ जाने पनि बताए ।



प्रतिक्रिया दिनुहोस्