काठमाडाैँ । नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली काँग्रेस र नेकपा एमालेसँगको सहमतिअनुसार अघि बढ्ने बताएका छन् ।
पार्टी कार्यालय पेरिस डाँडामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले नेकपाको केन्द्रिय कमिटीको घोषणा पुस २९ गते हुने र शपथ ग्रहण कार्यक्रम पनि सोही दिन हुने बताएका हुन् । साथै बैठकले केन्द्रिय कमिटी भित्रका संरचनाहरुको पनि निर्माण गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनबारे आवश्यक तयारी गर्न बाँकी रहेकाले पुनः बैठक बसेर छलफल गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्