काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले आगामी माघ ६ गतेदेखि आइपिओे निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आइपिओ जारी गर्न लागेको हो ।
कम्पनीले गत पुस १६ गते ३२ करोड रुपैयाँबराबरको रु. १०० अङ्कित दरका ३२ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
पहिलो चरणमा आयोजना प्रभावित क्षेत्र बागलुङको बडिगाड गाउँपालिकाको वडा नं. १ देखि १० सम्मका सम्पूर्ण वडाहरू (साविक दगातुन्डाँडा गाविस, सीसाखानी गाविस, जलजला गाविस, ग्वालिचौर गाविस, श्रीमगिठे गाविस, रणसिंहकिटेनी गाविस र दर्लिङ गाबिसका सम्पूर्ण वडाहरू) र आयोजनाको विद्युत् प्रसारण लाईनबाट प्रभावित क्षेत्र बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका बडा नं. २ (साविक बुर्तिवाङ गाविसको वडा नं. २, ३, ४ र ५ मात्र का स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरी बिक्री गरिने कम्पनीले जनाएको छ ।
बाँकी २२ करोड २० लाख रुपैयाँबराबरको प्रतिसेयर अङ्कित मूल्य रु.१०० दरको २२ लाख २० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख २२ हजार कित्ता साधारण सेयर वैदेशिक रोजगारीमा रहिरहेका नेपाली नागरिकहरुको लागि बिक्री गरिने कम्पनीले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्