काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँ छ ।
हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको हो ।
मंगलबार सुन प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यले भने आज कीर्तिमान बनाएको छ । आज चाँदी तोलामा मूल्य ४ हजार ९ सय ३५ रुपैयाँ पुगेको । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
आज चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले बढेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस्