काठमाडाैँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले ग्लोबल एकाउन्टिङ इनिसिएटिभ इन नेपाल (गेन) परियाेजना सुरू गरेकाे छ ।
नेपाललाई ग्लोबल फाइनान्सिङ हब बनाउन यो परियोजना सुरु भएको आइक्यानका निल सरु मगरले बताए । नेपालमा सूचना प्रविधि क्षेत्रमा मात्र चासो बढिरहेको तर वित्तीय क्षेत्रमा मानव स्रोत कम भइरहेको अवस्थामा आइक्यानले याे परियाेजना सुरू गरेकाे जनाएकाे छ ।
चार्टर्ड अकाउन्टेन्टको कमी भइरहेको र बाहिरी देशहरूले आउटसोर्सिङ बढाइरहेकाे अवस्थामा यो कार्यक्रम सुरु गरिएको अध्यक्ष मगरले बताए ।
अहिले यो क्षेत्रमा रोजगारी बढिरहेको यो कार्यक्रम सुरु भएपछि १ लाख ५० हजार रोजगार सिर्जना गर्ने उद्देश्य रहेको उल्लेख गरे । नेपालमा ३० मिलियन भन्दा बढीको आउटसोर्सिङ भइरहेको भए पनि यो कार्यक्रम पछि ६-७ बिलियन आउटसोर्सिङ बाट आम्दानी गर्न सकिने उनकाे भनाइ छ ।
नेपालमा कन्ट्री ब्राण्डिङकाे समस्या रहेकाे उनले बताए । नेपालमा फाइनान्सिङ आउटसोर्सिङ हुन्छ भनेर विभिन्न देशका फोरमहरुमा लैजानु पर्ने उनको धारणा छ । दक्ष जनशक्ति उत्पादनको लागि योजना बनाइरहेकोले केही समयमा यो कार्यक्रम पनि सुरु गर्ने उनले बताए ।
सूचना प्रबिधि क्षेत्रले बाहिर लगानी गर्न सकिने भएकोले यस्ता संस्थाहरुलाई पनि विदेशमा शाखा खोल्न पहल गर्नु पर्ने उनकाे भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्