दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम खुम्चियो


काठमाडौँ । साताको कारोबारको चौथो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार सेयर मापक सूचक नेप्से परिसूचक १३.३५ अंकले घटेर २६३५.९४ अंकमा झरेको छ ।

आज नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये २ ओटा उपसमुहको सेयरमूल्य बढेको छ भने ११ उपसमुहको सेयरमूल्य घटेको छ ।

बुधबार नेप्सेमा एसवाई प्यालनको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको २६ करोड ९४ लाख ९७ हजार रूपैयाँ बढीको कारोबार भएको हो ।

आज नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस कम्पनीको सेयरमूल्य ६.०८ प्रतिशतले बढेको छ ।

आज एसवाई प्यानलका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। यस कम्पनीको सेयरमूल्य ८.४५ प्रतिशतले घटेको छ ।

कुल ३२३ कम्पनीको एक करोड ६ लाख ३३ हजार ७१७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड ५० लाख ९१ हजार रूपैयाँ बढिको कारोबार भएको नेप्सेले जनाएको छ ।