ऊर्जासहित महत्वपूर्ण तीनओटा मन्त्रालय सम्हालेका घिसिङद्वारा पदबाट राजीनामा (पत्रसहित)


काठमाडौँ । ऊर्जासहित महत्वपूर्ण तीनओटा मन्त्रालय सम्हालेका कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन् ।

घिसिङले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष बुधबार बेलुकी राजीनामा बुझाएका हुन् । उनले ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरेर राजीनामाबारे जानकारी गराएका छन् ।

भदौ २३ र २४ को जेनजी विद्रोहपछि बनेको सरकारमा घिसिङ भदौ ३० गते मन्त्री नियुक्त भएका थिए । घिसिङले ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालीरहेका थिए ।

केही समयअघि मात्रै उनले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्ने गरी पार्टी एकता गरेका थिए ।

उनले आफ्नै संरक्षकत्वमा उज्यालो पार्टी नेपाल दर्ता गराएका थिए जुन रास्वपासँग एकता भएको थियो ।

गैरदलीय सरकारमा पार्टीको प्रतिनिधित्व रहेको भन्दै विरोध भएपछि घिसिङले पदबाट राजीनामा दिएका हुन् ।