काठमाडाैँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाएका छन् ।
काठमाडौँमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले परिवर्तनलाई स्वीकार गरेमात्रै द्वन्द्व नदोहोरिने बताएका हुन्। मन्त्री अर्यालले द्वन्द्व दोहोरिन नदिने कुराको सुनिश्चितता अन्तरिम सरकारले गरेको जिकिर गरे ।
आफू गृहमन्त्री भएर आएपछि देशमा हिंसा नभएको, थप आगजनी हुन नदिएको र थप राजनीतिक प्रकृतिको हत्या हुन नदिएको दाबी गरे । सरकारले केही गरेन भन्ने भाष्यमा विश्वास नगर्न आग्रह गरे । उनले विधिको शासन मिचेर गरिएको काम सुशासन नहुने बताए। मन्त्री अर्यालले जेन–जी पुस्ताका एजेण्डा अन्तरिम सरकारको रोडम्याप भएको बताए ।



प्रतिक्रिया दिनुहोस्