‘घर…एक सपना’ सिरिज शुक्रबारदेखि डिसहोमगो ओटीटी एपमा स्ट्रिमिङ सुरू हुने


काठमाडौँ । नेपाली दर्शकका लागि विशेष मनोरञ्जन सामग्री प्रदान गर्दै आएको डिसहोमगो ओटीटी एपले शुक्रबारदेखि नेपाली सिरिज ‘घर…एक सपना’ स्ट्रिमिङका लागि उपलब्ध गराउने भएको छ।

सरोज खनाल, लक्ष्मी गिरी, विश्व बस्नेत लगायतका चर्चित कलाकारहरूको अभिनय रहेको यस सिरिज अब डिसहोमगो ओटीटी एपमार्फत हेर्न सकिनेछ। आयुषा पोखरेलको प्रस्तुति रहेको यो सिरिजले नेपाली परिवारको बिख्रँदो सम्बन्ध, जिम्मेवारी, लोभ र सपनाबीचको द्वन्द्वलाई मार्मिक र यथार्थपरक ढंगले प्रस्तुत गरेको जनाइएकाे छ ।

लेखक तथा निर्देशक अजित लामिछानेको निर्देशनमा बनेको सिरिजले पात्रहरूलाई जीवनका कठोर मोडहरू पार गर्दै घर, परिवार र सम्बन्धको वास्तविक मूल्य बुझ्ने भावनात्मक यात्रामा लगेको देखाउँछ। सिरिजमा विश्व बस्नेत, सुरेश थापा, सृजना अधिकारी, बिप्लव लोहनी, पुष्पाञ्जली लिम्बु र सुनील तामाङ पनि अभिनय देख्न सकिने बताइएकाे छ । पारिवारिक सम्बन्धको गहिराइ, भावनात्मक उतारचढाव र सामाजिक यथार्थलाई केन्द्रमा राखेर सिरिजलाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको छ।

डिसहोमगो ओटीटी एप नेपालकै अग्रणी डिजिटल मनोरञ्जन प्लेटफर्म हो, जहाँ नेपाली तथा अन्तर्राष्ट्रिय खेलकुद, चलचित्र, सिरिज, मनोरञ्जनात्मक सामग्री र लाईभ टेलिभिजन सहज रूपमा उपलब्ध छन्। डिसहोमले दर्शकलाई गुणस्तरीय, नयाँ र मौलिक नेपाली सामग्री प्रदान गर्दै डिजिटल मनोरञ्जनको अनुभव अझ समृद्ध र रोमाञ्चक बनाउँदै आएको कम्पनीकाे दाबी छ ।