बालेनलाई लौरो अभियानको आग्रहः लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई फिर्ता गर्नुस्


काठमाडाैँ । लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको छ । 

बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै लौरो अभियानले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित रूपमा फिर्ता गर्न माग गरेको हो ।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेसँगै लौरो चुनाव चिन्ह उनको वा उनको समूहको रनह नसक्ने लौरो अभियानका अभियान्ता डम्बर साहुले बताए ।

उनकाअनुसार लौरो स्वतन्त्रहरूको प्रतिक हो ।  बालेन्द साह र उनको टिमले लौरो चुनाव चिन्ह स्वतन्त्र समूहलाई सुरक्षित, सम्मानजनक र आधिकारित रुपमा फिर्ता गर्न माग गरे ।  लौरो चुनाव चिन्ह कुनै व्यक्ति, समूह वा गुटको नभएको बताए ।