काठमाडौँ । नेकपा माओवादीले काठमाडौँ क्षेत्र नम्बर ६ बाट चिरञ्जीवी ढकाललाई एकल सिफारिस गरेको छ ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा चुनावका लागि ढकाललाई नेकपा माओवादी काठमाडौँ जिल्ला समितिले काठमाडौँ क्षेत्र नम्बर ६ बाट एकल सिफारिस गरेको हो ।
सिफारिसमा परेपछि अधिवक्ता समेत रहेका ढकालले भनेका छन्,“ राजीतिक जीवनको झण्डै २४ वर्ष मेरो देश र जनताको सेवामा समर्पित गरेँ । यो संघर्षमय राजीतिक जीवनमा जति सिके र सिक्नेछु, मेरो सबै योग्यता र क्षमता, मेरो पुरा आयु सवै सबै मेरो देश र मेरा जनताको हितमा समर्पित गर्नेछु ।”
ढकाल अखिल क्रान्तिकारी(हाल अखिल समाजवादी) का पूर्व अध्यक्ष समेत हुन् ।


प्रतिक्रिया दिनुहोस्