काठमाडौँ । अर्थ मन्त्रालयले सार्वजनिक सेवा प्रवाहमा हुलाक टिकट प्रयोग अनिवार्य नहुने भएको जानकारी दिएको छ।
मन्त्रालयका अनुसार मन्त्रिपरिषद्बाट गत मंसिर २९ गते प्रचलित कानून अनुसार कागजातको आधिकारिकताका लागि हुलाक टिकट टाँस्ने अभ्यास हटाउने निर्णय गरिएको हो।
सार्वजनिक सेवा प्राप्त गर्न जाने नागरिकले अब मन्त्रालय अन्तर्गतका विभाग, कार्यालय वा निकायहरूबाट प्रदान हुने सेवामा कागजातको आधिकारिकताका लागि आय टिकटका रूपमा हुलाक टिकट टाँस्नु पर्ने छैन।


प्रतिक्रिया दिनुहोस्