राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प हाेः कृष्ण सिटौला


काठमाडाैँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिमा परिणाम स्वीकार गरेर अघि बढ्नु नै उत्तम विकल्प भएको बताएका छन् ।

शुक्रवार काठमाडाैँमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टीको केन्द्रिय कार्य सम्पादन समितिले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने बताएका हुन् ।

उनले अहिले परस्परमा पार्टीमा प्रतिष्पर्धा गर्ने समय नभएको जिकिर गरे । अहिले सबै एकतावद्ध भइ निर्वाचनमा जानुपर्ने समय भएको बताए ।

पार्टीमा अहिले देखिएको परिस्थिति राम्रो नभएको भन्दै केन्द्रिय कार्यसमितिले गरेको निर्णय कार्यान्वयन गर्न आफूहरू लागिपरेको बताए।

विशेष महाधिवेशन आजको आवश्यकता नभएको बताउँदै उनले विशेष महाधिवेशन आजको आवश्यकता भएको बताए । नेता सिटौलाले पार्टीको निर्णय मान्नु सबैको मूल कर्तव्य भएको बताए ।