‘रेबट रिफ्रेस’ फ्रूट ड्रिंक बजारबाट फिर्ता गर्न विभागको आदेश


काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा बिक्री भइरहेको केही खाद्य पदार्थ न्यूनस्तरको भएको पाइएको भन्दै तत्काल फिर्ता गर्न आदेश जारी गरेको छ।

विभागका अनुसार बजार अनुगमनका क्रममा सङ्कलन गरिएका नमुनाको प्रयोगशालामा परीक्षण गर्दा ‘रेबट रिफ्रेस’ ब्राण्डको फ्रूट ड्रिंक (२५० मि.लि., ब्याच नं. JM12) न्यूनस्तरको खाद्य पदार्थ रहेको पाइएको हो। सो पदार्थको उत्पादन मिति २०२५/०५/२८ रहेको र उपभोग्य अवधि १२ महिना रहेको उल्लेख गरिएको छ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) अनुसार विभागले उक्त ब्याच नं. का सबै खाद्य पदार्थ बजारबाट तुरुन्त फिर्ता लिन र बिक्री वितरण नगर्न निर्देशन दिएको छ।

विभागले उपभोक्तालाई सावधान रहन र उक्त ब्याचका उत्पादन नखपत गर्न अनुरोध गरेको छ।