काठमाडाैँ । अर्थमन्त्री रामेश्वर खनालले सही तथ्याङ्कले नै असल नीति निर्माण सकिने बताएका छन् ।
शुक्रवार राष्ट्रिय तथ्याङ्क कार्यालयले नेसनल ट्रान्सफर एकाउण्ट प्रतिवेदन सार्वजनिक गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारले केही समयभित्रै स्थानीय तहमा मानव विकास सूचकाङ्क प्रतिवेदन तयार पार्ने बताए ।
त्यसले नीति निर्माणलाई वैज्ञानिक र समयसान्दर्भिक बनाउने उनको विश्वास छ । मानव विकास सूचकाङ्कले प्रशासकीय विकासमा फाइदा पु¥याउने बताए । तथ्याङ्क सङ्कलनका लागि नेपाल सरकारकै बजेटबाट पूर्ण रुपमा तथ्याङ्क कार्यालयले मागेबमोमिको बजेट विनियोजन हुने पनि विश्वास व्यक्त गरे । औद्योगिक विकासका लागि नीति निर्माण गर्न पनि तथ्यांकहरुको भुमिका महत्वपूर्ण हुने बताए ।
“तथ्याङ्कहरू भएन भने हामी असल नीति निर्माण गर्न सक्दैनौँ । केही समय पछि एचडिआई निकाल्दैछौँ । गाउँपालिका, नगरपालिका तहमा निकाल्न सक्यो भने वैज्ञानिक हुनसक्छ । प्रशासकीय विकासमा यसले राम्रो गर्छ । ति नीतिहरू निर्माण गर्नको निमित्त फाइदाजनक हुन्छ । यसका लागि राष्ट्रिय तथ्याङ्क कार्यालयलाई सहयोग गर्न सरकार तयार छ,”उनले भने ।
उनले राष्ट्रिय महत्वका नीति निर्माण गर्न यस किसिमका तथ्याङ्कहरूको महत्वपूर्ण भुमिका हुने बताए । आवश्यक तथ्याङ्कहरू नेपाल आफैँ आत्मनिर्भर भएर निकाल्नुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्