काठमाडाैँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पार्टी विधानको व्यवस्थाअनुसार अघि बढ्ने हुने बताएका छन् ।
महाधिवेशनस्थलको अवलोकनको लागि शुक्रवार भृकुटिमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री शर्माले सो दाबी गरेका हुन् ।
उनले विशेष महाधिवेशनको प्रक्रिया प्रारम्भ भइसकेपछि त्यसको कार्यविधि निर्माण गरिने र सोही अनुसार महाधिवेशनले नेतृत्व चयनको प्रक्रियामा जाने बताए ।
उनले पार्टीका कुनैपनि नेताहरुलाई अनादर गर्ने तथा उनीहरूप्रति नकारात्मक टिप्पणी गर्ने पक्षमा आफू नरहेको बताउँदै विधानको व्यवस्थाअनुसार महाधिवेशनको प्रक्रिया अगाडि बढ्नुपर्नेमा जोड दिए ।उनले महाधिवेशनमा सहभागि हुन पार्टी सभापति तथा कार्यवाहक सभापतिलाई समेत निमन्त्रणा गरिसकेको बताए ।
उनले आइतवारदेखि सुरू हुने विशेष महाधिवेशन समग्र पार्टीको साझा मञ्चको रूपमा अगाडि बढ्ने विश्वास समेत व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्