काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बिचको पार्टी एकता भाँडिएको छ ।
पुस १४ गते दुई दलबिच एकता गर्ने सहमति भएको थियो ।
रास्वपा र कुलमानबिच पुस १४ गते ७ बुँदे पार्टी एकता गर्ने लगायतका सहमति भएको थियो ।
कुलमानले मन्त्रीपदबाट राजीनामा दिएर आफ्नो सक्रिय राजनीतिक जीवन सुरु भएको घोषणा गरेको केही दिनमै रास्वपासँगको एकता भाँडिएको छ ।
दुईदलबिचको एकता बनाउने जेनजी आन्दोलनका एकता सुदन गुरुङले पहल गरेका थिए ।
घिसिङ रास्वपाको वरिष्ठतम उपसभापति बन्ने सहमति भएको थियो । दुइदलबिचको एकता भाँडिएपछि घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष नियुक्त भएका छन् ।


प्रतिक्रिया दिनुहोस्