काठमाडाैँ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले भरुवा बन्दुक र सम्बन्धित सामग्रीहरू सहित एक जना वृद्धलाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार गत २६ गते विरूवा गाउँपालिका–६, लेवास्थित एक घरमा अवैध रूपमा भरुवा बन्दुक लुकाई राखिएको तथा मर्मत कार्य भैरहेको भन्ने गोप्य सूचनाको आधारमा छानबिन टोली खटिएको थियो।
सोही क्रममा घरमा लुकाइराखिएको अवस्थामा ७२ वर्षीय राम बहादुर सुनारलाई पक्राउ गरी विभिन्न भरुवा बन्दुक र सम्बन्धित सामग्रीहरू बरामद गरिएको छ।
बरामद सामग्रीमा एक नालेसहितको भरुवा बन्दुक, दुई नाल नभएको पाटपुर्जा जडान नभएको बन्दुक, एक नाल र पाटपुर्जा जडान नभएको बन्दुक, चार फलामे रड, छ बन्दुकको छुच्ची, १४२ ग्राम वारुद, १०७ वटा सिसाको छर्रा, छ केप, १ के.जी. षोडा (वारुद बनाउन प्रयोग हुने), तीन फलामको घोडा, दुई चिम्टी, चार फलामको किला र एक फलामको चाप रहेका छन्।
पक्राउ परेका राम बहादुर सुनारविरुद्ध हातहतियार तथा खरखजना सम्बन्धी आवश्यक अनुसन्धान र कानुनी कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्