विशेष महाविधेशनमा भाषण सुन्न मात्रै आएको होइनः करुणा कटुवाल


काठमाडाैँ । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि करुणा कटुवालले विशेष महाधिवेशनबाट नयाँ उर्जा, सोच र विचारका साथ गाउँ फर्किने बताएकी छन् । 

नेपाली काँग्रेसको विशेष महाधिवेशनमा बोल्दै उहाँले विषेश महाधिवेशनले काँग्रेसको दिशा निर्देश गर्ने नयाँ रोडम्याप तयार गर्ने बताएकी हुन् ।

उनले नेताको भाषण सुन्न मात्रै विशेष महाधिवेशनमा सहभागी नभएको उल्लेख गरिन्। विशेष महाधिवेशन काँग्रेसको निकासको लागी मात्रै नभई देशकै निकास निकाल्नको लागी आवश्यक भएको बताइन् । काँग्रेसको विधान जोगाउनको लागि विशेष महाधिवेशनमा आफूहरू सहभागी भएको उनले उल्लेख गरिन् ।

उनले विशेष महाधिवेशनले आगामी निर्वाचनमा काँग्रेसलाई नयाँ उत्साहका भोमिन सहयोग गर्ने बताइन् ।