काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज बिहान १० बजेदेखि सुरू हुँदैछ ।
बिहान ८ बजेदेखि हुने भनिए पनि महाधिवेशन प्रतिनिधिको दर्ता गर्ने क्रम बाँकी रहेको भन्दै १० बजेदेखि बन्दसत्र सुरु गर्न लागिएको हो ।
विशेष महाधिवेशन सचिवालयकाअनुसार हिजो २६६२ जना महाधिवेशन प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन् ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आव्हानमा भएको विशेष महाधिवेशनको हिजो काठमाडौँ भृकुटीमण्डपमा उद्घाटन भएको थियो ।
विशेष महाधिवेशनले नेतृत्व चयन गर्छ या गर्दैन प्रष्ट छैन ।
महामन्त्री थापाले हिजो उद्घाटन सभालाई सम्बोधन गर्दै हलले जे पारित गर्छ आफूलाई त्यो मान्य हुने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्