काठमाडौँ । मंगलबार नेपाल राष्ट्र बैंकले २० अर्ब रूपैयाँको ऋणपत्र जारी गरेको छ । राष्ट्र बैंकले एक वर्षको लागि नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ज जारी गरेको हो ।
यसको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने यसको ब्याज भुक्तानी अर्धवार्षिक र सावाँ भुक्तानी २०८३ पुष २९ गते हुनेछ ।
ऋणपत्रको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्