काठमाडाैँ । नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले संवैधानिक राजतन्त्रलाई पुनःबहाली गर्न देशमा क्रियाशिल सबै शक्तिहरूसँग छलफल गर्नुपर्ने बताएका छन् ।
मंगलवार नेपाली काँग्रेसको विशेष महाधिवेशनका क्रममा गण्डकी प्रदेशको तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो प्रस्ताव गरेका हुन्।
राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, सनातन धार्मिक स्वतन्त्रता, हिन्दु धर्म पुनःबहाली गर्न माग गरे। गणतन्त्रै हो भनेपनि प्रतिक्रियावादीहरूले उठ्न नसक्ने गरी व्यवस्था गर्नुपर्ने उनले बताए ।
उनले देश र जनता बचाउनु पहिलो काम भएको पनि बताए । उनले देशमाथि परिरहेको सङ्कटको समाधान गर्न नेपाली काँग्रेसको नेतृत्वको खोजि भइरहेको बताए । उनले देश विकासमा जुट्न अब ढिलो भइसकेको बताए ।


प्रतिक्रिया दिनुहोस्