बढ्यो शंकास्पद कारोबार र गतिविधि


काठमाडौँ । नेपालमा शंकास्पद कारोबार र शंकास्पद गतिविधि बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईका अनुसार २०२४/२५ मा ९ हजार ५६५ शंकास्पद कारोबारको रिर्पोट आएको जनाएको छ ।

यो २०२३/२४ को तुलनामा ३०.३५ प्रतिशतले बढी हो । २०२३ २४ मा ७ हजार ३३८ शंकास्पद कारोबारको रिर्पोट प्राप्त भएको जनाएको छ ।

थ्रेसहोल्ड कारोबारको रिर्पोट २२ लाख ३६ हजार ६७ आएको जनाएको छ । २०२३/२४ मा १६ लाख ९७ हजार ७१२ रिर्पोट प्राप्त भएको उल्लेख गरिएको छ ।

शंकास्पद कारोबार र शंकास्पद गतिविधि सबैभन्दा बढी वाणिज्य बैंकबाट भएको छ । वाणिज्य बैंकको ७ हजार ३०३ शंकास्पद कारोबार भएको थियो भने ३८ अर्ब ८८ करोड रूपैयाँ बराबर शंकास्पद कारोबार भएको उल्लेख गरेको छ ।

यस्तै, सेक्युरिटिज कम्पनी मार्फत ४९१ शंकास्पाद कारोबार भएको थियो भने एक अर्ब ९० लाख रूपैयाँ बराबरको कारोबार भएको थियो ।

फाइनान्स कम्पनी मार्फत ३५५ शंकास्पद कारोबारमा ८३ करोड ९२ लाख रूपैयाँ शंकास्पद कारोबार भएको उल्लेख गरिएको छ ।

विकास बंैंकबाट ७८० शंकास्पद कारोबारमा ७५ करोड ९६ लाख रूपैयाँ बराबर कारोबार भएको छ ।